काठमाडौं उपत्यकामा थपिए १ हजार ५३५ संक्रमित

काठमाडौं उपत्यकामा थपिए १ हजार ५३५ संक्रमित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५३५ कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २२५, ललितपुरमा १४७ र भक्तपुरमा १६३ जना संक्रमित थपिएका हुन् ।

यससँगै, काठमाडौंमा ५६ हजार ३१५, ललितपुरमा ७ हजार ८०८ र भक्तपुरमा ५ हजार २८७ संक्रमित पुगेको छ । उपत्यकामा कूल संक्रमितको संख्या ६९ हजार ४१० पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । आज २ हजार ८५६ जना थपिएका छन् ।

कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख ११ हजार ६७० पुगेको छ । आज निको हुनेको संख्या ३ हजार ३३६ छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८४७ पुगेको छ । आज मात्र ५ जनाको मृत्यु भएको छ ।

आजको पिसिआर परीक्षण १२ हजार ३११ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १३ लाख ९३ हजार १७३ रहेको छ । आज ४५ हजार ५७२ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Logo