मोगादिशुमा कारबम विस्फोट तीन जनाको मृत्यु

मोगादिशुमा कारबम विस्फोट तीन जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

मोगादिशुको एउटा प्रमुख सडकको सुरक्षा चौकी नजिकै शनिबार भएको कारबम विस्फोटनमा परी कम्तीमा तीन व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य आठ घाइते भएका सुरक्षा अधिकारी र प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन् ।

प्रहरीको गाडीलाई पछ्याएर उक्त विस्फोट गराएको सुरक्षा अधिकारी अब्दिरहमान मोहम्मदले बताए । हालसम्म प्राप्त समाचार अनुसार तीन जना नागरिकको मृत्यु हुनुको साथै अन्य आठ जना घाइते भएका सुरक्षा अधिकारी अब्दिरहमान मोहम्मदले एएफपी समाचार समितिलाई बताएका छन् ।  

 प्रहरीको गाडीलाई पछ्याएर गोली हानेको हुनाले धेरै मानिसलाई सडकबाट टाढा भाग्न मद्दत पुगेको र विस्फोटनको कारण हुने मृत्युको संख्या कम भएको पनि मोहम्मदले थप जानकारी दिएका छन् ।  

प्रत्यक्षदर्शीले गोलीबारीको आवाज सुनेका बताएका थिए । ‘विस्फोटन आवाज ठूलो थियो, म एक पसलभित्रै थिएँ’  प्रत्यक्षदर्शीले बताएका  छन् ।  

Logo