साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । आज सुन १ सयले घटेको हो ।
गत हप्ता आइतबार सुन ६ सयले बढेको थियो भने सोमबार २ सयले घटेको थियो । यस्तै मंगलबार १५ सय रुपैंयाँले बढेको थियो । बुधबार स्थिर रहेको थियो भने विहिबार ४ सयले घटेको थियो । शुक्रबार ६ सयले घटेको थियो ।
सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाल सुनको मूल्य ९० हजार ८ सय कायम गरिएको छ । यस्तै तेजावी सुनको मूल्य ९० हजार ३ सय रहेको छ । यता चाँदीको मूल्य भने आज १५ रुपैयाँले बढेको छ। चाँदी आज १ हजार ३३५ रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।































प्रतिक्रिया