नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ७१८ जना पुगेको छ । आज १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ६०४ रहेको छ ।
पछिल्लो २४ घण्टामा १३१ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६९ हजार ६० पुगेको छ । पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । यो सँगै कूल मृत्यु हुनेको संक्रमितको संख्या २ हजार ५४ पुगेको छ ।
नेपालमा हालसम्म २१ लाख १७ हजार ५० जनाको पीसीआर परीक्षण गरिएको छ । आज ३ हजार ५०१ जनाको परीक्षण गरिएको छ। काठमाडौंमा आज ६१ जनामा कोरोना संक्रमण भएको छ ।































प्रतिक्रिया