नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधव कुमार नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले पशुपतिनाथलाई राजनीतिक स्वार्थको लागि उपयोग गरिएको आरोप लगाएका छन् ।
आइतबार नेकपा केन्द्रीय संघर्ष समितिको चौथो चरणको आन्दोलन घोषणा कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले आफ्ना नेताहरुको प्रस्तुतीलाई गलत ढंगले तोडमोड गरेर धर्म र पशुपतिनाथलाई संकिर्ण राजनीतिक स्वार्थको निम्ति उपयोग गरिएको बताएका हुन् । पशुपतिनाथ विश्वभरीका हिन्दुहरुको आराध्यदेव र आस्थाको केन्द्र भएकाले आफुहरुले सम्मान गर्ने उनको भनाइ छ । यस्तो संवेदनशिल पक्षलाई निकृष्ट, तुच्छ स्वार्थको निम्ति दुरुपयोग नगर्न पनि उनले सम्बन्धित पक्षलाई अनुरोध गरे ।
प्रवक्ता श्रेष्ठले आफूहरु सडक संघर्षमा मात्रै नभई कानुनी मोर्चामा पनि संघर्ष गरिरहेको बताए । सरकारले निर्वाचन गराउनको निम्ति निर्वाचनको मिति घोषणा गरेको होइन भन्ने कुरामा स्पष्ट हुन जरुरी रहेको उनको भनाइ छ । संघर्ष सफल बनाएर संसद पुर्नस्थापना गर्ने पनि उनको दाबी छ ।































प्रतिक्रिया