१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले जितेको ५१ स्वर्ण पदकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तीन वर्षे उपलब्धिमा राखेका छन् ।
प्रधानमन्त्री ओलीले सोमबार तीनवर्षे कार्यकालको उपलब्धीमा १३ औं सागको स्वर्णलाई प्रमुख उपलब्धिमा समावेश गरेका हुन् । प्रधानमन्त्री ओलीले दशरथ रंगशालाको पुनर्निर्माण र पोखरामा निर्माण भएको नयाँ रंगशालालाई पनि उपलब्धिको रुपमा समावेश गरेका छन् ।
“भूकम्पपछि क्षतिग्रस्त दशरथ रंगशालाको पुनर्निर्माण यसै अवधिमा सम्पन्न भएको छ । पोखरामा नयाँ रंगशाला निर्माण गरिएको छ । १३औँ दक्षिण एसियाली खेलकुदको सफल आयोजना मात्रै भएन, ५१ स्वर्णसहित २०७ पदक हासिल गरी नेपालले आफूलाई दक्षिण एसियामा भारतपछि दोस्रो स्थानमा उभ्याउन सफल भएको छ”, प्रधानमन्त्रीले सार्वजनिक गरेको उपलब्धिमा भनिएको छ ।
२०७६ सालको मंसिरमा आयोजना भएको सागमा नेपालले ५१ स्वर्ण पदक जितेको थियो । साग सकिए लगत्तै प्रधानमन्त्री ओलीले पदक विजेता खेलाडीलाई नगद पुरस्कारबाट समेत पुरस्कृत गरिसकेको छ ।





























प्रतिक्रिया