बङ्गलादेशमा एक ब्लगरको हत्यामा संलग्न भएका पाँच जनालाई अदालतले मृत्युदण्ड र एक जनालाई आजीवन कारावासको सजाय सुनाएको छ।
गत सन् २०१५ मा उनीहरूले अमेरिकी नागरिक अभिजित रोयलाई धारिलो हतियार प्रहार गरेर मारिदिएका थिए।
रोय ढाकामा आयोजित एउटा पुस्तक प्रदर्शनीबाट बाहिर निस्किँदा आक्रमणमा परेका थिए। धर्मनिरपेक्षताको कुरा गर्ने व्यक्तिहरूमाथि आक्रमणको शृङ्खलाअन्तर्गत उक्त घटना भएको मानिएको थियो। इस्लामिक लडाकुहरूले त्यसरी आक्रमण गरेको बताइएको बिबिसीले जनाएकाे छ ।
रोय नास्तिक थिए र उनले धर्मबारे लेख्दा अतिवादीहरू रिसाएका थिए । साङ्घातिक आक्रमण हुँदा रोयकी पत्नी रफिदा अहमद पनि उनीसँगै थिइन्। उनी गम्भीर घाइते भएकी थिइन्।





























प्रतिक्रिया