बैतडीको डिलासैनी गाउँपालिकामा शान्तिपूर्ण रुपमा भइरहेको आमसभालाई बिथोल्न ढुंगामुढा प्रहार भएको भन्दै गोकुलेश्वरमा कांग्रेस कार्यकर्ताले राँके जुलुस निकालेका छन् । उनीहरुले दोषीमाथि कारबाहीको माग गरेका छन्।
मंगलबार कांग्रेसले आयोजना गरेको कार्यक्रम चलिरहेको समयमा प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाका कार्यकर्ताको समूहले ढुंगामुढासहित आक्रमण गरेका थिए ।
उक्त आक्रमणमा कांग्रेस केन्द्रीय सदस्य नेता एनपी साउदसहित १० जना घाइते भएका छन् भने ५ वटा सवारीसाधन तोडफोड भएका छन् ।
कांग्रेसले उक्त घटनाको निन्दा गर्दै दोषीलाई तत्काल कारबाही गर्न र सत्तारुढ दललाई सत्ता उन्माद नदेखाउन चेतावनी दिएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति सार्वजनिक गर्दै घटनामा संलग्नलाई तत्काल कारबाही गर्न माग गरेका हुन् ।अन्नपूर्णबाट





























प्रतिक्रिया