बैतडीको डिलासैनी घटनाप्रति कांग्रेसको आपत्ति, सत्ताको उन्माद प्रस्तुत नगर्न चेतावनी

बैतडीको डिलासैनी घटनाप्रति कांग्रेसको आपत्ति, सत्ताको उन्माद प्रस्तुत नगर्न चेतावनी

केन्द्रबिन्दु
0
Shares

मंगलबार बैतडीको डिलासैनीमा पार्टीले आयोजना गरेको प्रतिनिधिसभा विघटनविरुद्धको कार्यक्रममा भएको आक्रमणप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।  

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति सार्वजनिक गर्दै घटनाप्रति आपत्ति जनाएका हुन् । उनले नेकपाबाट नियोजित रुपमा आक्रमण भएको भन्दै आपत्ति जनाएका छन् । प्रवक्ता शर्माले नेकपाभित्र उग्रवादी चरित्र देखिएको भन्दै आक्रोश व्यक्त गरे । उनले डिलासैनी घटनामा संलग्नलाई तत्काल कारबाह गर्न मागसमेत गरेका छन् ।  

यस्ताे छ विज्ञप्ति

फागुन ४, २०७७

डिलासैनी घटना निन्दनीय ।  

सत्ता उन्माद प्रस्तुत नगर्न चेतावनी ।

बैतडी जिल्लाको डिलासैनीमा नेपाली कांग्रेसको कार्यक्रम भइरहेकोे समयमा आज अपरान्ह प्रधानमन्त्री के.पी. शर्मा ओली निकट नेकपाबाट नियोजित रूपमा गरिएको आक्रमण निन्दनीय छ ।  

नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय एन.पी. साउद र डिला संग्रौला, नेपाली कांग्रेस बैतडीका सभापति नरेन्द्रजंग थापा लगायत स्थानीय नेतृत्व एवं नेविसंघका पूर्व सभापति नैनसिंह महर सहभागी कार्यक्रममा भएको ढुंगामुढाबाट पार्टीका केही साथीहरू घाइते हुनुभएको छ भने केही सवारी साधनमा तोडफोड समेत गरिएको छ । एक्कासि भएको आक्रमण पश्चात् पार्टीका तरुण साथीहरूले तत्कालै प्रतिवाद गरेको केहिबेरपछि कार्यक्रम सुचारू भएको थियो ।  

सत्तारूढ नेकपाको स्थानीय पार्टी पंक्तिमा उग्रवादी चरित्र भर्न केन्द्रीय नेतृत्वकै अभिव्यक्ति शैली र ब्यवहारले भुमिका खेलेको हाम्रो ठहर छ । यस्तो प्रवृत्ति परित्याग गर्न चेतावनी दिंदै नेपाली कांग्रेस डिलासैनी घटनाका दोषीहरुलाई तत्काल पक्राउ गरेर कार्वाही गर्न माग गर्दछ ।

जय नेपाल !

विश्वप्रकाश शर्मा  

प्रवक्ता एवं प्रमुख

सूचना, संचार तथा प्रचार विभाग

Logo