बागमती प्रदेशको प्रदेश सभा बैठक आज बस्ने तय भएकाे छ । प्रदेश सभा सचिवालयका अनुसार आज बिहान प्रदेश सभा कार्यपरामर्श समितिको बैठकपछि प्रदेश सभा बैठक बस्नेछ ।
बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमाथि छलफल र केही विधेयकको प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको छ । प्रदेश सभा सचिवालयका अनुसार बैठक दिउँसो २ बजे बस्न लागेकाे हाे ।
मुख्यमन्त्री पौडेललाई अविश्वासको प्रस्तावबाट बच्न प्रदेशसभामा ५६ मत आवश्यक पर्नेछ । तर हाल उनको पक्षमा ३५ सांसद मात्र छन् । गत माघ १९ गतेका लागि तय भएको बैठक सूचना टाँस गरी अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।





























प्रतिक्रिया