नेपाली कांग्रेसको १४ औं महाधिवेशन ०७८ भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा हुने भएको छ । कांग्रेसको आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा यस्तो प्रस्ताव गरिएको हो ।
गत वर्षको पुस ११ को निर्णय अनुसार महाधिवेशन यहि फागुन ७ देखि १० गतेसम्म हुनु पर्ने थियो । तर कोरोना महामारीका कारण हुन नसके पछि मिति पुनः सरेको छ ।
कांग्रेसको विधान अनुसार महाधिवेशन प्रत्येक ४ वर्षमा हुनु पर्छ । विधान अनुसार ४ वर्ष कटिसकेर थप भएको १ वर्षको समय पनि सकिंदैछ ।





























प्रतिक्रिया