ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले सुत्केरी गाईलाई दुई हजार भत्ता दिँदै आएको छ । पशुपालनमा आकर्षण र आत्मनिर्भरताका लागि गाउँपालिकाले गत आर्थिक वर्षदेखि सुत्केरी भत्ता दिइरहेकाे गाउँपालिकाका पशु शाखा प्रमुख एन्जलबाबु कार्कीले बताए ।
दुग्धजन्य खाद्यवस्तुमा गाउँपालिका आत्मनिर्भर हुनका लागि पशुपालक घरपरिवारले पालेको गाई वा भैँसी सुत्केरी दुई हजार प्रोत्साहन भत्ता उपलब्ध गरउँदै आएको पशु शाखा प्रमुख कार्कीले बताए ।
एक घरमा एउटा गाई वा भैँसी सुत्केरी भएमा गाउँपालिकाले दुई हजारका दरले नगद प्रदान गर्दै आएको छ । दुहुनो गाई तथा विभिन्न प्रोत्साहन र अनुदान कार्यक्रमले स्थानीयवासीको आर्यआर्जनमा ठूलो सहयोग पुगेको स्थानीयकाे भनाइ छ ।
भत्ता दिन थालेसँगै दुहुनो गाईपालन गर्नेकाे सङ्ख्या बढ्दै गएको पशु शाखाको तथ्याङ्कमा छ । गाउँपालिकामा प्रतिमहिना साढे ७ मेट्रिक टन दुग्ध पदार्थ उत्पादन हुँदै आएको छ ।































प्रतिक्रिया