साताको अन्तिम दिन नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । साताको शुरुका दुई दिन घटेको सुनको मूल्य मंगलबार बढेको थियो । तर बुधबारदेखि पुनः घट्न थालेको छ । बुधबार ११ सयले घटेको सुन विहिबार ६ सयले घटेको थियो । शुक्रबार पनि सुन १ हजारले घटेको छ ।
आज सुन १ हजार रुपैयाँ घटेको छ । सुन आइतबार १ सयले घटेको थियो भने सोमबार पनि १ सयले घटेको थियो । मंगलबार २ सयले बढेको थियो ।
गत हप्ता आइतबार सुन ६ सयले बढेको थियो भने सोमबार २ सयले घटेको थियो । यस्तै मंगलबार १५ सय रुपैंयाँले बढेको थियो । बुधबार स्थिर रहेको थियो भने विहिबार ४ सयले घटेको थियो । शुक्रबार ६ सयले घटेको थियो ।
सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाल सुनको मूल्य ८८ हजार २ सय कायम गरिएको छ । यस्तै तेजावी सुनको मूल्य ८७ हजार ७५० सय रहेको छ । यता चाँदीको मूल्य पनि आज ३० रुपैयाँले घटेको छ । चाँदी आज १ हजार ३०५ रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।































प्रतिक्रिया