पूर्व सभामुख एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवास नेम्वाङले निर्वाचन घोषणा गर्ने काम प्रतिगामी कदम नभएको बताएका छन् ।
इलामको चुलाचुली गाउँपालिकाको प्रशासनिक भवनको शुक्रबार उद्घाटन गर्दै उनले प्रतिनिधिसभाको बैठक चल्न नसक्नाले संसद भङ्ग गरेर नयाँ जनादेश लिन निर्वाचनमा जानु परेको बताए।
उनले निर्वाचन घोषणाको कदमलाई प्रतिगामी भनिनु ‘कागले कान लग्यो भनेर कान नछामी काग खेदाउनु जस्तो’ भएको बताए । उनले तोकिएकै समय चुनाव हुने पनि बताए ।
संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङले अब कसैले पनि राजनीतिक परिवर्तनका लागि आन्दोलन गर्नु नपर्ने उल्लेख गरे ।
उनले सबैका हक र अधिकारलाई संविधानमा उल्लेख गरिएको र आवश्यकता अनुसार संविधान संशोधन गरेर अधिकार थपघट गर्न सकिने बताए ।





























प्रतिक्रिया