रामजानकी मन्दिरलाई लुम्बिनीसँग जोडेर पर्यटकीयस्थलका रुपमा विकास गर्न सकिनेसियारी गाउँपालिका उपाध्यक्ष अमृता गुरुङले बताइन् । मन्दिरको विकासका लागि बजेट विनियोजन गरिएको र मन्दिरको आवश्यक भौतिक पूर्वाधारको विकास गरिने तथा जग्गा संरक्षणका लागि तारबार लगाइने उनको भनाइ छ ।
मन्दिरमा रहेको जग्गा संरक्षण हुनुपर्ने, मन्दिरको आम्दानी मन्दिरको विकासमा लगाउनुपर्ने, हिसाबकिताब पारदर्शी तरिकाले राख्नुपर्ने, स्थानीय तथा अन्य सबै भक्तजनले पूजापाठ गर्न पाउनुपर्नेलागयतका माग आफूहरुले विगतदेखि नै उठाउँदै आएको स्थानीय सोमै थारु बताउछन् । जग्गा संरक्षणका लागि वडा–३ का अध्यक्ष घिसन अहिरको संयोजकत्वका ११ सदस्यीय मन्दिर संरक्षण समिति गठन गरिएको छ । मठ तथा मन्दिरको सबै सम्पत्ति संरक्षण र सम्वद्र्धन तथा सञ्चालनका लागि समुुदायको समेत अपनत्व हुने गरी विशेष योजना बनाइने संयोजक अहिरले बताए ।
उक्त समितिको उपाध्यक्षमा बृहस्पति थारु, सचिव सुरेश यादव र सदस्यमा त्रिभवानी थारु, बलिराम यादव, राजेन्द्र यादव, रोशनप्रसाद चौधरी, मञ्जु थारु, महातन यादव र शिवकुमार थारु सदस्य छन् । प्रमुख संरक्षक भनिने वैष्ठव (झा) महन्तले अहिलेसम्म हिसाव पारदर्शी नगरेको मन्दिरको जग्मा भएका काठ जथाभवी कटान गरी बेचबिखन गरेको, मन्दिरको जग्गामा माछापालन गर्न दिएको, गाउँवासीबाट जथाभावी रकम असुली गर्ने गरेको स्थानीयको आरोप छ ।































प्रतिक्रिया