नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आज संखुवासभा गएका छन्।
प्रतिनिधिसभा विघटनविरुद्ध आफ्नो समूहको जिल्ला कमिटीले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्न उनीहरू संखुवासभा गएका हुन् । आजको कार्यक्रम जिल्ला सदरमुकाम खाँदबारीमा हुँदैछ।
यता नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहले आज काठमाडौंमा अन्तर्क्रिया कार्यक्रमको पनि आयोजना गरेको छ । राष्ट्रियसभा गृहमा दिउसो २ बजे सुरु हुने सो कार्यक्रममा बुद्धिजीवी तथा पेशागत संगठनका विभिन्न व्यक्तिहरु सहभागी हुने बताइएको छ ।
आजको कार्यक्रमका प्रमुख अतिथि प्रचण्ड–माधव समूह केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठ छन् रहेका छन् भने मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी, पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, वरिष्ठ अधिवक्ता एवम् पूर्वमहान्यायाधीवक्त रमण श्रेष्ठ र वरिष्ठ अधिवक्ता एवम पूर्व महान्याधिवक्ता डाक्टर युवराज संग्रौला लगायत सहभागी हुने बताइएको छ।





























प्रतिक्रिया