‘निर्मला पन्तका हत्यामा संलग्न छिट्टै पक्राउ गर्छौं’ : गृहमन्त्री थापा

‘निर्मला पन्तका हत्यामा संलग्न छिट्टै पक्राउ गर्छौं’ : गृहमन्त्री थापा

केन्द्रबिन्दु
0
Shares

गृहमन्त्री रामबहादुर थापा बादलले भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने अपराधी सार्वजनिक गरिसकेकाले अब निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई पनि छिट्टै पक्राउ गरिने बताएका छन् ।

नेकपा ओली समूहले शनिबार विराटनगरमा गरेको आमसभालाई सम्बोधन गर्दै गृहमन्त्री बादलले भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गरि छोड्ने प्रधानमन्त्री केपी शर्मा ओलीको उद्घोष कार्यान्वयन गरिएको बताए ।

त्यस्तै उनले निर्मला पन्तको बलात्कारी पनि कानूनको पञ्जा नजिक आइसकेकाले छिट्टै कानूनी कठघरामा उभ्याएर छाडने बताएका छन् । गृहमन्त्री थापाले गोयबल्सको शैली अपनाउँदै प्रचण्ड–माधव समूहले भ्रम फैलाउने काम गरेको भन्दै उनीहरुको योजना कहिल्यै पनि सफल हुन नसक्ने बताए । उनीहरुले भ्रम सिर्जना गरेपनि त्यस्ता भ्रम जनताले चिर्ने उनको भनाइ छ । 

‘केही नलागेपछि मन्त्रीहरु फर्केर प्रचण्ड–नेपालको समूहतिर फर्किदैछन् भन्ने भ्रम फैलाए । उनीहरुले किन यसो गर्दैछन् ? देश व्यापीरुपमा किन भ्रम फैलाउँदैछन् । यो उनीहरुको आतंक अभिव्यक्ति हो’, बादलले भने ।

त्यस्तै, उनले ताजा जनादेश लिएर देशमा स्थिरता कायम गर्ने बताएका छन् । प्रतिगमनलाई पुनःस्थापना गर्न चाहनेहरुका कारण देशमा अस्थिरता निम्तिएको पनि बताए । उनले नेकपाभित्रका पदलोलुप नेताहरूका कारण समस्या भएको टिप्पणी गरे । उनले नेकपाभित्रका अवसरवादीहरूले फेरि प्रतिगमनलाई कसरी पुनःस्थापना गर्ने भनेर लाग्दा यो अवस्था सिर्जना गरेको आरोप लगाए ।
‘उनीहरु खुशी भएका छन् । जुन परिस्थिति बनेको छ, त्यसबाट जनता दुःखी भएका छन् । 

मेचीदेखि महाकालीसम्म फुटवादको विरुद्धमा छौं’, उनले भने, ‘पार्टी शुद्धीकरण थालनीको नेतृत्व पनि हामीले गरेका छौं । अस्थिरतालाई कसरी स्थायित्व गर्ने भनेर अवसरवादीहरु लागेका छन् ।’

Skip This
Skip This
Logo