ललितपुरको गोदावरीमा जिपलाइन सञ्चालनमा, आन्तरिक पर्यटनलाई बढावा  

ललितपुरको गोदावरीमा जिपलाइन सञ्चालनमा, आन्तरिक पर्यटनलाई बढावा  

केन्द्रबिन्दु
0
Shares

ललितपुरको गोदावरी स्थित विशंखुनारायण सामुदायिक वनमा साहसिक खेल जिपलाइन सञ्चालनमा आएको छ । 

साहसिक पर्यापर्यटन व्यवसायी राजकुमार श्रेष्ठले ललितपुरको गोदावरी स्थित विशंखुनारायण सामुदायिक वन भित्र साहसिक खेल जिपलाइन सञ्चालनमा ल्याएका हुन् । ललितपुरको सातदोबाटोबाट करिब ७ किलोमिटरको दुरीमा रहेको विशंखुनारायण वन भित्र जिपलाइन सञ्चालनमा ल्याइएपछि खेल खेल्न आउने आन्तरिक पर्यटकहरुको संख्या पनि बढेको छ । 

एकतर्फ ४ सय मिटर र अर्कोतर्फ ४ सय मिटर गरी कुल ८ सय मिटर रहेको जिपलाइन खेल्नका लागि काठमाडौं, ललितपुर र भक्तपुरबाट पर्यटकहरु जाने गरेका छन् । जिपलाइन खेल्नका लागि फोटो भिडियोसहित प्रतिव्यक्ति १ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएपनि अहिले छुट दिएर प्रतिव्यक्ति १ हजार ३ सय रुपैयाँ लिइएको सञ्चालक श्रेष्ठले बताए। जिपलाइन अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको निर्माण भएकाले खेल खेल्न सुरक्षित रहेको पनि श्रेष्ठले बताए । तरपनि टिकट काटेर खेल खेलेमा बीमा लगायतका सुविधा दिइएको छ । 

जिपलाइन खेल्न आउने पर्यटकहरु पनि साहसिक खेल खेल्न पाउँदा निकै खुशी देखिएका छन् । उपत्यकाबाट नजिकै साहसिक खेल खेल्न पाउने ठाउँ नभएका बेला जिपलाइन सञ्चालनमा आउँदा यस क्षेत्रको पर्यटनमा समेत टेवा पुग्ने उनीहरुको भनाइ छ । 

नेपाल सरकारले प्रकाशित गरेको सामुदायिक वनमा पर्यापर्यटन कार्यविधि २०७५ को आधारमा नियम कानून अन्तर्गत रहेर सामुदायिक वनले आसयपत्र आव्हान गरेपछि बोलकबोलमार्फत ठाउँ लिइएको सञ्चालक श्रेष्ठले बताए। सामुदायिक वनलाई संरक्षण गर्ने, प्रकृतिलाई जोगाउने र वातावरणलाई नबिगारि साहसिक पर्यटनको विकास गर्ने किसिमले नै जिपलाइन सञ्चालनमा ल्याइएको पनि बताए। 

Skip This
Skip This
Logo