दुर्घटना हुँदा दुई युवकको मृत्यु

दुर्घटना हुँदा दुई युवकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

मोरङमा भएको सवारी दुर्घटनामा दुई युवकको मृत्यु भएको छ । पूर्व पश्चिमी राजमार्गअन्तर्गत पर्ने उर्लाबारीमा शनिबार साँझ भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा स्कूटरमा सवार उर्लाबारी– ८ निवासी २३ वर्षीय प्रदीप धामी र २२ वर्षीय सुदीप भुजेलको मृत्यु भएको हो प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको को ३१ प ५१ स्कुटरलाई विपरित दिशाबाट आएको प्रदेश १–०१–००१ क १०३५ पानी बोक्ने गाडीले ठक्कर दिएको थियो ।

Skip This
Skip This
Logo