दोस्रो सन्तानको रुपमा करिनाले जन्माईन छोरा

दोस्रो सन्तानको रुपमा करिनाले जन्माईन छोरा

केन्द्रबिन्दु
0
Shares

बलिउड अभिनेत्री करिना कपूर फेरि एकपटक आमा बनेकी छिन् । शनिबार बेलुका मुंबईको ब्रिच क्याडी अस्पताल भर्ना भएकी करिनाले आईतबार बिहान छोरालाई जन्म दिएकी हुन् ।  

करिना अस्पताल भर्ना हुनुभन्दा अगाडि पनि काममा नै व्यस्त थिइन् । गर्भवती भएको समयमा पनि करिनाले विज्ञापन, चलचित्र र फोटोसुटको कामलाई रोकेकी थिइनन् । उनले, एक विज्ञापनको छायांकन शनिबार नै गरेकी थिइन् ।

सैफ र करिनाको बिहे सन् २०१२ को अक्टुबर १६ मा भएको थियो । सन् २०१६ को डिसेम्बर २० तारिखमा उनीहरुले पहिलो सन्तानको रुपमा तैमुरअली खानलाई जन्म दिएका थिए । उनीहरुले १२ अगस्ट २०२० मा छोरी सारा अली खानको जन्मदिनमा दोस्रो पटक अभिभावक बन्न लागेको खबर सार्वजनिक गरेका थिए । 

Logo