खगोल विज्ञानमा नेपाललाई दुई अन्तर्राष्ट्रिय पदक

खगोल विज्ञानमा नेपाललाई दुई अन्तर्राष्ट्रिय पदक

केन्द्रबिन्दु
0
Shares

यस वर्ष सञ्चालित ‘ग्लोबल इ–कम्पिटिसन अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स्’ मा नेपालले दुईवटा ‘अनरेबल मेन्सन अवार्ड’ जितेको छ । नेपालका लागि सेन्ट जेभियर्स कलेज, माइतीघरका राहुलरञ्जन साह तथा क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर, कोटेश्वरका अंशुराज सेढाईले ‘अनरेबल मेन्सन अवार्ड’ प्राप्त गरेको नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

नेपालका तर्फबाट अध्यक्ष भट्टराईको नेतृत्वमा सम्मिलित टोलीमा सोसाईटीका परियोजना संयोजक तथा निर्देशक मनिषा द्वा, संस्थाका असोसियट सदस्य तथा पूर्व ओलम्पियाड प्रतियोगीहरु विजयचन्द्र लुईटेल तथा अङ्कित वेन्जु श्रेष्ठ सहभागी भएको सोसाइटीले जनाएको छ । असोज ९ गतेदेखि शुरु भएको अन्तर्राष्ट्रिय प्रतियोगिता कात्तिक ७ गते समापन भएको हो ।

व्यक्तिगत तथा सामूहिक विधामा सञ्चालित प्रतियोगितामा नेपालले व्यक्तिगततर्फ दुई अवार्ड हात पारेको हो । प्रतियोगितामा नेपाल लगायत ४० देशका व्यक्तिगततर्फ २७९ तथा सामूहिकतर्फ १५४ बढीले भाग लिएका थिए । सातौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडबाट छनौट भएका १४ विद्यार्थीलाई नेपालबाट प्रतियोगितामा सहभागी गराइएको थियो ।

Skip This
Skip This
Logo