व्यावसायिक फुटबल खेल्न नेपाल आएका अफ्रिकी मुलुकका खेलाडीहरू विगत ८ महिना भन्दा लामो समय फुटबल खेल्न नपाएपछि चरम आर्थिक अभावमा परेका छन्।
कोरोनाभाइरस सङ्क्रमणको खतरालाई ध्यान दिएर सरकारले गत चैतमा जब लकडाउन शुरू गर्यो, त्यही बेलादेखि नेपालमा बस्दै आएका अफ्रिकी खेलाडीहरू समस्यामा परेका हुन्। त्यतिबेला अफ्रिकी खेलाडीहरू देशका विभिन्न स्थानमा हुने नकआउट प्रतियोगिता खेल्नमा व्यस्त थिए। त्यो नेपाली फुटबल क्यालेन्डरमा क्लबहरू जिल्लातिर डुल्दै विभिन्न गोल्डकप प्रतियोगिताहरू खेल्ने मुख्य समय थियो।
तर एकाएक फुटबल गतिविधि ठप्प भयो र उनीहरूले नसोचेको परिस्थिति उत्पन्न हुन गयो। अन्तर्राष्ट्रिय उडान बन्द भएकोले उनीहरू देश फर्किन सक्ने कुरै भएन। काठमाण्डूमा उनीहरूको जीवन बन्दी जस्तै हुनपुग्यो। आम्दानीको स्रोत बन्द भयो र लकडाउनको समय लम्बिँदै गएपछि उनीहरूमा आर्थिक अभाव बढ्न थालेको हो।
खेलाडीहरूका अनुसार उनीहरूले महिनौँ देखिको डेरा भाडा तिरेका छैनन्। खानकै समस्या छ। अनि कतिपयले क्लबले पूरा तलब नदिएको गुनासो गरिरहेका छन्।
यस्तैमा एन्फा एकेडेमीको पहिलो ब्याचका खेलाडीहरूले आर्थिक समस्यामा परेका खेलाडीहरूलाई नगद सहयोग गरेका छन् ।

जहाँ अफ्रिकी देशहरू नाइजेरिया, क्यामरुन, इजिप्ट, मोजाम्विक र तान्जिनियाका झन्डै ३ दर्जन खेलाडीहरुले रकम प्राप्त गरेका छन् । नगद सहयोग पाएपछि उनीहरू ‘खेलाडीहरूको मर्म आखिर खेलाडीहरूले नै बुझे’ भन्दै निकै खुशी देखिएका छन् ।































प्रतिक्रिया