नेपाली जनता वर्तमान व्यवस्थाकै विरुद्धमा छन्ः वरिष्ठ अधिवक्ता न्यौपाने

नेपाली जनता वर्तमान व्यवस्थाकै विरुद्धमा छन्ः वरिष्ठ अधिवक्ता न्यौपाने

केन्द्रबिन्दु
0
Shares

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले नेपाली जनता वर्तमान व्यवस्थाकै विरुद्धमा रहेको बताएका छन् । 

आइतबार काठमाडौँमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै बरिष्ठ अधिवक्ता न्यौपानेले नेताहरुको व्यवहारका कारण नेपाली जनता अहिलेको व्यवस्थाको विरुद्धमा उत्रन सक्ने खतरा रहेको बताएका हुन् । उनले संसद पुर्नस्थापना गर्नु यो व्यवस्थाको अन्त्यतर्फ जानु भएको पनि बताउनुभयो । अहिलेका नेताहरुलाई राजा हुने इच्छा जागेको उनको भनाइ छ ।

नेपाल बार एसोसिएसनका महासचिव लिलामणि पौडेलले वर्तमान संविधानले कार्यपालिकाको स्थिरता खोजेको भन्दै संविधानमा संसद विघटनको प्रावधान नराखिएको बताए । संसद पुनःस्थापना हुनुपर्नेमा उनको जोड छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बिराटनगरको कार्यक्रममा अदालतले संसद पुनस्थापना गरे आन्दोलन गर्ने भनेको तर्फ लक्षित गर्दै महासचिव पौडेलले कार्यपालिका प्रमुखले अदालतको फैसला जस्तो आएपनि स्वीकार्छौ भन्नुपर्नेमा आन्दोलन गर्छौ भन्नु गलत भएको टिप्पणी गरे ।

नेपाल बार एसोसिएसनका कोषाध्यक्ष रुद्र प्रसाद पोखरेलले संसद पुनस्थापना हुने प्रावधान संविधानमा नभएको बताए । संसद पुनस्थापना नुहनेमा विश्वास व्यक्त गर्दै उहाँले अब देश निर्वाचनको माहोलमा अगाडी बढ्ने उनको दावी छ ।

कोषाध्यक्ष पोखरेलले प्रधानमन्त्री ओलीले शनिबार अदालतप्रति गरेको टिप्पणी बारे बोल्दै पार्टीले आयोजना गरेको सभामा पार्टीको धारणा व्यक्त गर्ने र जनमत बनाउने क्रममा आफू पक्षरहेको कुराको पक्षपोषण गरी त्यस अनुसारको फैसला आउने कुरामा अपेक्षा राख्नुलाई अन्यथा भन्न नमिल्ने जिकिर गरे ।  मुद्दाको पक्षमा रहेको व्यक्तिले आफुले गरेको कामहरु यसकारण संविधानसम्मत् छन् भनेर व्याख्या विश्लेषण गर्नु स्वाभाविक रहेको पनि बताए । 

Logo