कुमारी बैंक र माथिल्लो राहुघाट जलविद्युत आयोजनाबीच सम्झौता 

कुमारी बैंक र माथिल्लो राहुघाट जलविद्युत आयोजनाबीच सम्झौता 

केन्द्रबिन्दु
0
Shares

कुमारी बैंकको अगुवाईमा सहवित्तीयकरण कर्जा अन्तर्गत तुदि पावर कम्पनी प्राइभेट लिमिटेडले निर्माण गर्न लागेको म्याग्दी जिल्ला भएर बग्ने राहुघाट खोलामा बन्न लागेको ४८.५० मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत परियोजनाका लागि आवश्यक वित्तिय व्यवस्थापन गरिएको छ । 

उक्त सहवित्तीयकरण सम्झौता अन्तर्गत कुमारी बैंक बाहेक ग्लोबल आइएमई बैंक, सह–अगुवाई बैंकको रुपमा रहेको छ भने अन्य सहभागी बैंकको रुपमा सिद्धार्थ बैंक, नेपाल क्रेडिट एण्ड कमर्ज बैंक लिमिटेड र माछापुच्छ्रे बैंक रहेका छन् ।

यस परियोजनाको कूल लागत खर्च ८ अर्व ३० करोड मध्ये सहवित्तीयकरण बैंकहरुबाट जम्मा ऋण कर्जा ५ अर्व ८१ करोड प्रवाह हुनेछ । प्रवद्र्घक कम्पनीको मुख्य लगानीकर्ताको रुपमा हिमालयन इन्फ्रास्ट्रक्चर, तुदी इन्भेष्टमेन्ट कम्पनी प्राईभेट लिमिटेड र महेश्वर प्रकाश श्रेष्ठ रहनेछन् भने वैदेशिक लगानीकर्ताको रुपमा चिनियाँ कम्पनी, सिचुवान जी अन्ताई, एनर्जी डेभेलपमेन्ट कम्पनी लिमिटेड रहनेछ ।

परियोजनाबाट वि.स २०८० सम्म विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ । जलविद्युत आयोजना राष्ट्रिय प्राथमिकता क्षेत्र अन्तर्गत पर्ने भएको हुनाले, बैंक तथा वित्तिय संस्थाहरुले यस क्षेत्रमा लगानीको दायरा बढाइरहेका छन् । 

आफ्ना देशव्यापी १९२ शाखा संजाल, १६२ एटिएम, २२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेन्सन काउन्टरमार्फत अत्याधुनिक बैंकिंङ्ग सेवा सुविधाहरु दिंदै आएको कुमारी बैंकले राष्ट्रिय प्राथमिकता अन्तर्गतका विविध आयोजनाहरुमा लगानी गर्दै आईरहेको र उक्त कार्य निरन्तररुपमा अघि बढ्दै जाने बैंकले जानकारी गराएको छ ।

Logo