लिड्स युनाइटेड विजयी

लिड्स युनाइटेड विजयी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएकाे खेलमा लिड्स युनाइटेडले एस्टन भिल्लालाई ३-० ले पराजित गरेकाे छ ।

प्रतियोगितामा हालसम्म अपराजित रहेको एस्टन भिल्लालाई उसैको मैदानमा ३-० ले हराउँदै लिड्सले तेस्रो जीत हासिल गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको सबै गोल दोस्रो हाफमा सम्भव भएकाे हाे । ५५औं मिनेटमा पहिलो गोल गरेका बामफोर्डले ६७औं र ७४औं मिनेटमा गोल थप्दै ह्याट्रिक पूरा गरे ।

जीतसँगै ६ खेलबाट १० अंक जोडेको लिड्स अंकतालिकाको तेस्रो स्थानमा छ । एस्टन भिल्ला १२ अंकसहित दोस्रो स्थानमा यथावत् छ ।

Logo