नेकपाको प्रचण्ड-नेपाल समूहको संसदीय दलको बैठक आज बस्दै

नेकपाको प्रचण्ड-नेपाल समूहको संसदीय दलको बैठक आज बस्दै

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड नेपाल समूहले आज संसदीय दलको बैठक बोलाएको छ । मंगलबार सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला गरेसँगै यस समूहले आज दिउसो ४ बजेका लागि बैठक बोलाएको हो ।  पार्टी कार्यालय पेरिसडाँडामा संसदीय दलको बैठक बस्ने भएको छ। 

बैठकमा प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई बोलाइएको छ। प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिए संसद् अधिवेशन सुरु भएसँगै अविश्वास प्रस्ताव अगाडि बढाउने संकेत प्रचण्ड नेपाल समूहले दिएको छ। यस समूहले पुस ५ गते नै संसद् सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएको थियो।

पुस ८ गते बानेश्वरस्थित संसद् भवनमा बसेको उक्त समूहको संसदिय दलको बैठकले दलका नेताबाट प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई हटाई पुष्पकमल दाहाल प्रचण्डलाई बनाउने निर्णय गरेको थियो । प्रतिनिधिसभामा नेकपाका दुवैपक्ष गरी सभामुखबाहेक १७३ सांसद छन् भने राष्ट्रियसभामा ५० जना छन् ।

Logo