१८ जुवाडे पक्राउ

१८ जुवाडे पक्राउ

केन्द्रबिन्दु
0
Shares

दुर्गाभगवती गाउँपालिका-३ बाग्मती खोलास्थित काँसघारीभित्र कौडा खेलिरहेको अवस्थामा १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख १६ हजार रुपैयाँसहित पक्राउ गरेको हो ।

यता नवलपरासी(पूर्व)को देवचुली नगरपालिका-१६ बस्ने ४० वर्षीय कमल प्रसाद अधिकारीको घरमा तास खेलिरहेको अवस्थामा अधिकारी समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Skip This
Skip This
Logo