‘नेपालको राजनीति पुनः दलका नेतामा आयो तर कुर्सीको खेल शुरू हुने पाे हो की !’ : बाबुराम भट्टराई

‘नेपालको राजनीति पुनः दलका नेतामा आयो तर कुर्सीको खेल शुरू हुने पाे हो की !’ : बाबुराम भट्टराई

केन्द्रबिन्दु
0
Shares

पूर्वप्रधानमन्त्री एवं जनता समाजपार्टी (जसपा) का नेता डा बाबुराम भट्टराईले  सर्वोच्च अदालतको फैसलापछि नेपालको राजनीति पुनः दलका नेतामा आएको बताएका छन् । 

दलका नेतामा राजनीति फर्किए पनि पुनः सरकार गठन र विघटनको राजनीति शुरु हुने हो कि भन्ने पनि उनले चिन्ता व्यक्त गरेका छन् । 

आज सामाजिक संजाल ट्वीटरमा एक सन्देश लेख्दै नेता भट्टराईले यस्तो बताएका हुन् । 

'सुप्रिम कोर्टपछि राजनीति पुनः दल र नेताको कोर्टमा पुगेको छ।घरज्वाईंलाई खानको धन्दा भने झैं उही पुरानै कुर्सीको खेल शुरू हुने खतरा छ ।' उनले भनेका छन्, 'टाउको गन्ती, ज्योतिषको जोखाना, किनबेचको शृंखला चल्न सक्छ । देशको आवश्यकता र जनताको चाहना दल र नेताले पाठ सिकून् । नयाँ राष्ट्रिय सहमति गरून् भन्ने छ है । चेतना भया ।'

उनको भनाइ विगतको जस्तो अस्थिरतातिर नेपाली राजनीति नजाओस भन्नेमा केन्द्रीत थियो । 

उनले लेखेका छन् :

सुप्रिम कोर्टपछि राजनीति पुनः दल र नेताको कोर्टमा पुगेको छ।घरज्वाईंलाई खानको धन्दा भने झैं उही पुरानै कुर्सीको खेल शुरू हुने खतरा छ । टाउको गन्ती, ज्योतिषको जोखाना, किनबेचको शृंखला चल्न सक्छ । देशको आवश्यकता र जनताको चाहना दलरनेताले पाठ सिकून् । नयाँ राष्ट्रिय सहमति गरून् भन्ने छ है । चेतना भया ।

Logo