नेकपा कसको ? सर्वोच्चमा बहश जारी

नेकपा कसको ? सर्वोच्चमा बहश जारी

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आधिकारिकता कसको भन्ने विवाद चर्किंदै गएका बेला यसको आधिकारिकता बारे आज सर्वोच्चमा बहश भइरहेको छ। 

०७५ सालमा तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकिकरण भएपछि नयाँ पार्टीको रुपमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम लिएर केपी ओली र प्रचण्डले निर्वाचन आयोगमा दर्ता गरेका थिए । तर त्यस अघि नै आयोगमा नेकपा नामको अर्को पार्टी दर्ता भइसकेको भन्दै ऋषि कट्टेलले यो नाम आफूले पाउनु पर्ने दाबी गरेका छन् ।

नेकपामाथि वैधानिकताको प्रश्न उठेसँगै यसै विषयमा सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ भइरहेको छ । रिटमाथि न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा बहस सुरु भएको हो। यसपछि मात्र नेकपा कसको भन्ने टुंगो लाग्न सक्ने भएको छ ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेकपामा आफूहरुको भन्दै आधिकारिकता दाबी गर्दै आएका छन् भने ओली आफ्नै अडानमा छन् । 

Logo