सिरियामा अमेरिकी हवाई कारबाही इरान समर्थक सत्र लडाकू मारिए

सिरियामा अमेरिकी हवाई कारबाही इरान समर्थक सत्र लडाकू मारिए

केन्द्रबिन्दु
0
Shares

सिरियामा भएको अमेरिकाआवद्ध हवाई कारबाहीमा परी इरान समर्थक कम्तीमा १७ लडाकू मारिएका ‘द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स’ले शुक्रबार जानकारी दिएको छ । इरानको सीमा क्षेत्रमा पर्ने सिरियाली क्षेत्रमा सो हवाई कारबाही भएको थियो । पहाडी इलाकामा भएको यस हवाई कारबाहीमा तीन वटा ट्रकहरू ध्वस्त भएको बताइएको छ । 

अब्जरभेटरी प्रमुख रामी अब्दुल रहमानले एएफपीलाई इरान समर्थक १७ लडाकू मारिएका पुष्टि गरेका छन्  । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छ्रैन् । सिरियामा सन् २०११ को मार्च महिनाबाट त्यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलन शुरु भएको थियो । यो जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो ।

सो गृहयुद्ध इस्लामिक स्टेट्स (आइएस) र अल कायदा जस्ता आतङ्ककारी समूहहरु हाबी हुदै गएका थिए । यीनै आतङ्ककारी समूहहरुलाई कारबाही गर्ने क्रममा अमेरिकाले हवाई आक्रमण गर्दै आएको थिए । रासस

Skip This
Skip This
Logo