डढेलो नियन्त्रणकोक्रममा घाइते भएका वृद्धको मृत्यु

डढेलो नियन्त्रणकोक्रममा घाइते भएका वृद्धको मृत्यु

केन्द्रबिन्दु
0
Shares

गाउँ नजिकैको जङ्गलमा लागेको आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका जिल्लाको शिखर नगरपालिका–७ का ६५ वर्षीय लक्षुवा भुलको उपचारको क्रममा मृत्यु भएको छ । 

गाउँ नजिकै रहेको शिल्या खोला डाँडाको जङ्गलमा लागेको आगो निभाउने क्रममा उहाँ बिहीबार साँझ गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । आगोमा जलेर गम्भीर घाइते भएका भुललाई बिहीबार नै स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी दिपायल राजपुरमा रहेको सुजङ अस्पतालमा भर्ना गरिएको थियो ।

जलेको अवस्थामा अस्पतालमा पुर्‍याइएको भए पनि गएराति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए । भुलको दुवै खुट्टाको घुँडाको छाला जलेको, दुवै हत्केलाको पछाडि, टाउँको, निधार, छाती र मुखमा जलेकाले बचाउन नसकिएको उपचारमा संलग्न सुजङ अस्पतालका चिकित्सक अर्जुन बलायरले जानकारी दिए । 

Logo