जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा फेरि सरकार ढाल्ने र बनाउने खेल सुरु भएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
पुरानै काम दोहोर्याएर नयाँ नतिजा खोज्नु पागलपन भएको भन्दै भट्टराईले दलहरूलाई सांसदको टाउको गन्ने खेलतिर नलाग्न चेतावनी दिए ।
नयाँ दिल्लीमा उपचाररत भट्टराईले सामाजिक संजाल ट्वीटरमा एक सन्देश लेख्दै यस्तो बताएका हुन् । उनले भनेका छन् :
‘आइन्स्टाइटन भन्थे– पुरानै कुरा दोहोर्याउनु अनि नयाँ परिणाम खोज्नु पागलपन हो। संसद् पुनर्स्थापनापछि देशमा एक पक्ष अनेक बहाना गरेर संसद विघटनतिर लान खोज्नु र अर्को पक्ष विगतको कुनै समीक्षा नगरी सांसदको टाउको गन्ने र सरकार बनाउने खेलतिर लाग्नु विडम्बनापूर्ण छ । ‘सबैले आत्मसमीक्षा गर्ने कि !’





























प्रतिक्रिया