अनाधिकृत रुपमा फिल्म पाईरेसी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा लमजुङ बेशीसहर नगरपालिका-२ बस्ने २५ वर्षीय सुजन परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
थ्री सिक्टी वान डिग्री मिडिया प्रालिले सिनेमाघर एपको माध्यमबाट वितरण गरेका नेपाली कथानक चलचित्रहरू अपरिचित व्यक्तिले ईन्टरनेटको माध्यमबाट अनाधिकृत रुपमा सामाजिक संजाल युट्युव टेलीग्राममा अपलोड गरी बजारमा बिक्री वितरण र प्रकाशन गरेको भन्ने उजुरीको आधारमा महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले सुजनलाई पक्राउ गरेको हो ।
सुजन उपर प्रतिलिपी अधिकार ऐन अन्तर्गतको कसूरमा आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएकोमा जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।





























प्रतिक्रिया