प्रधानमन्त्रीकाे दशैँ शुभकामनामा लिम्पियाधुरा बिनाको नक्सा !

प्रधानमन्त्रीकाे दशैँ शुभकामनामा लिम्पियाधुरा बिनाको नक्सा !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा नसमेटिएको नेपालको नक्सा प्रयोग गरेर दशैँकाे शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत दसैँको शुभकामना व्यक्त गर्ने क्रममा प्रधानमन्त्रीले प्रयोग गरेका नक्सामा लिम्पियाधुरा समेट्न नसकेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार बिहानै ट्वीटरमार्फत बडा दशैंको शुभकामना दिए। ओलीले तस्विरसहित शुभकामना सन्देश सार्वजनिक भएपछि अहिले सामाजिक संजालमा ओलीको आलोचना भइरहेको छ।

ओली सरकारले भारतद्वारा अतिक्रमित नेपाली भूमि, लिम्‍पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रसहित समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गरिसकेको छ। यस्तै, संसदबाट संविधान संशोधन गरेर नयाँ नक्सालाई निशान छापमा समेत राखिसकेको छ । तर ओलीले दशैंको बधाई दिँदा पुरानै निशान छाप प्रयोग गरेपछि उनको आलोचना भएको हो।

यसबीच कांग्रेसले पनि ओलीले ट्वीट गरेको तस्विरमाथि प्रश्न उठाएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ओलीको ट्वीटबारे पुरानै नक्सा राख्नुलाई सामान्य त्रुटि कसरी भनौं भनेर प्रश्न गरेका छन् । ‘लिम्पियाधुरारहित नेपालको नक्सा प्रयोगलाई सामान्य त्रुटि कसरी मानौँ सम्माननीय प्रधानमन्त्री ज्यू’, प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटरमा लेखेका छन्, ‘गम्भीर विमती दर्ज होस् । देशको संसदले पारित गरेको नक्सा अब नक्सामै असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारी कि यहाँको नेतृत्वमा विसर्जन ?’

Skip This
Skip This
Logo