६ वटा कछुवासहित भारतीय नागरिक पक्राउ

६ वटा कछुवासहित भारतीय नागरिक पक्राउ

केन्द्रबिन्दु
0
Shares

चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट अवैध रुपमा लुकाई ल्याएको व्ल्याक पाउण्ड प्रजातिको ६ वटा कछुवासहित भारत पटना घर बताउने २३ वर्षीय फैजल आलमलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ७०१४ नम्बरको टाटा सुमोलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार आलमले झोलामा लुकाई ल्याएको उक्त कछुवा फेला पारी उनलाई पक्राउ गरेको हो ।

Logo