प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार झापा र मोरङका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन् ।
बिहान ११ बजे भद्रपुर पुग्ने प्रधानमन्त्री मध्याह्न साढे १२ बजे अनारमनी नगरपालिकाले विपन्नहरूका लागि निर्माण गरेको एकीकृत बस्ती हस्तान्तरणको कार्यक्रममा सहभागी हुने कार्यक्रम तय गरिएको छ ।
यस्तै बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन सकेर प्रधानमन्त्री अपराह्न तीन बजे मोरङको उर्लाबारीमा निर्माण हुन लागेको एकीकृत सन्थाल बस्तीको शिलान्यासमा सहभागी हुने बताइएको छ ।
प्रधानमन्त्री आजै साँझ विराटनगर विमानस्थल हुँदै काठमाडौँ फर्कने कार्यक्रम छ । आइतबार पनि उनी झापाकै कार्यक्रममा संलग्न भएका थिए भने सोमबार पोखरा गएका थिए ।
पुस ५ गते प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री ओलीले देशका विभिन्न ठाउँमा सहभागिता जनाइसकेका छन् ।
प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले उल्ट्याइदिएपछि पनि प्रधानमन्त्री ओलीको देश दौडाहा सकिएको छैन ।





























प्रतिक्रिया