ललितपुरका सनिल शाही वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
मंगलबार भएको पुरुष ६४ केजी तौल समूहमा नक्सालका एबल थापालाई पराजित गर्दै सनिलले अन्तिम आठमा स्थान बनाएका हुन् । सनिल १३औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण विजेता खेलाडी हुन् । पुरुषकै ६४ केजी तौल समूहमा आयुषमान चटौतले अर्विन पञ्जियार, टोविन प्रधानले देवराज जोशी र पवन गुरुङले विश्वदीप मोक्तानलाई पराजित गर्दै अघिल्लो चरणमा स्थान बनाए ।
नागार्जुन बक्सिङ खेलकुद समितिको आयोजनामा सोमबारबाट सुरु भएको प्रतियोगिताको पुरुष ५२ केजीमा एनआईडीसीका नारायण भुजेलले सीबीसीका जीवनकुमार पुनलाई पराजित गरे । यही तौल समूहका अन्य स्पर्धामा सुमन नेपाली, शक्ति लामा र बुद्ध लामाले पनि जित निकाले । सुमनले मदनकृष्ण डंगोल, शक्तिले विमोचन लामिछाने र बुद्धले नवराज सुवेदीलाई पराजित गरे ।
पुरुषकै ६९ केजी तौल समूहमा सन्तोष खत्रीले प्रशान्त तामाङ तथा चन्द्र तामाङले आशुतोष मुल्मीलाई पराजित गर्दै अघिल्लो चरणमा स्थान बनाए । पुरुषकै ७५ केजीमा रुपक नेपालीले रोशनलाई श्रेष्ठलाई पराजित गरे ।































प्रतिक्रिया