बेलायतको प्रहरीले बर्मिंघमस्थित एउटा घरमा छापा मारेर ८० वटा गोहीको अवैध टाउका बरामद गरेको छ । वेस्ट मिडल्यान्डसका प्रहरीले पेर्री बारस्थित एउटा घरमा छापा मार्दा लुकाएर राखिएको अवस्थामा ती टाउका भेटिएको बताएको छ ।
यस अनुसन्धान कार्यमा राष्ट्रिय वन्यजन्तु अपराध इकाई (एनडब्ल्यूसीयू) र फौजको वन्यजन्तु अपराध स्वयंसेवक अधिकारीहरूको संयुक्त सहभागिता रहेको थियो । सो संयुक्त कार्यदलले निकालेको विज्ञप्तिमा उल्लेख छ– ‘हामीलाई कुनै बाह्य देशबाट अवैधरूपमा गोहीका टाउको आयात गरिएको र ई–बेमार्फत तिनीहरू विश्वभरि महंगो दाममा बेच्न लागेको खबर प्राप्त भएको थियो ।’
नाम नखुलाइएका एकजना ४४ वर्षीय पुरुषलाई यस विषयमा गिरफ्तार गरिएको छ । लोपोन्मुख प्रजातिका जीवजन्तु व्यापार नियन्त्रण कानून अन्तर्गत उनीमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । ती टाउका कुन देशबाट आयात गरिएको हो भन्ने स्पष्ट पारिएको छैन ।(एजेन्सी)





























प्रतिक्रिया