समर्थन मूल्यमा धान खरीद गर्ने सहकारीलाई अनुदान दिइने

समर्थन मूल्यमा धान खरीद गर्ने सहकारीलाई अनुदान दिइने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा किसानको धान खरीद गर्ने सहकारीलाई सरकारले अनुदान दिने निर्णय गरेको छ । सरकारद्वारा तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरीद गर्ने सहकारीहरूलाई सरकारले प्रतिक्वीन्टल १ सय १२ रुपैयाँ अनुदान दिने व्यवस्था गरेको हो ।

सरकारले बाली लगाउनुपूर्व नै प्रमुख बालीहरूको न्यूनतम समर्थन मूल्य तोक्ने नीति अनुसार चालू आर्थिक वर्षका लागि मोटा धानको प्रतिक्वीन्टल रू. २७ सय ३५ र मध्यम धानको प्रतिक्वीन्टल रू. २८ सय ८५ मूल्य तोकेको थियो ।

बाली लगाउनुपूर्व नै सरकारले धानको समर्थन मूल्य तोकेका कारण धानको बजार मूल्य सुनिश्चित हुने भएको छ । यसैको सकारात्मक प्रभाव स्वरूप यस वर्ष धानखेतीको क्षेत्रफलमा समेत उल्लेख्य वृद्धि भएको र उत्पादनमा समेत वृद्धि हुने दाबी कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले गरे ।

उनका अनुसार समर्थन मूल्यमा धान खरीदका लागि विभिन्न चरणको छलफलबाट सहकारीमार्फत कार्यान्वयन गर्दा प्रभावकारी हुन सक्ने देखिएको हो । सहकारीमार्पmत कृषिको बजारीकरण गर्ने सरकारको नीति रहेको छ ।

गत मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले न्यूनतम समर्थन मूल्यमा धान खरीद र व्यवस्थापन गर्ने सम्बन्धी निर्देशिका स्वीकृतसमेत गरेको मन्त्रालयले जानकारी दिएको छ । न्यूनतम समर्थन मूल्यमा धान खरीद कार्यक्रम कार्यान्वयनका लागि जिल्ला स्तरमा जिल्ला कार्यान्वयन समिति र मार्गदर्शनका लागि केन्द्रीय स्तरमा निर्देशक समितिको व्यवस्था गरिएको छ ।अभियान दैनिकबाट

Skip This
Skip This
Logo