सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति, प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति, प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

केन्द्रबिन्दु
0
Shares

सरकार र हिंसात्मक गतिविधि गर्दै आएको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहबीच तीन बुँदे सहमति भएको छ । 

विप्लव समूहमाथि लगाएको प्रतिबन्ध हटाइ सबै बन्दी रिहाइ गर्न सरकार सहमत भएको छ भने विप्लव समूहले पनि हिंसा छाडी सबै राजनीतिक गतिविधि शान्तिपूर्ण रुपमा गर्न सहमति जनाएको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’  र विप्लव समूहका संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन् । 

फागुन २१ गते बिहीबार दिउँसो २ बजे एउटै समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र ‘विप्लव’ ले सम्बोधन गरी सहमतिका विवरण सार्वजनिक गरिने भएको छ । सरकार र विप्लव समूहबीच बुधबार (फागुन १९) देखि जारी वार्ता बिहीबार सहमतिमा टुंगिएको थियो ।

तस्बिर: राजन भट्टराईकाे फेसबुकबाट

Logo