नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन् ।
आज बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता चयन गरेको हो।
प्रतिनिधिसभा विघटनपछि विभाजित भएको नेकपाको दाहाल–नेपालसमूहले यस अघि नै केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएको थियो।
बैठक अघि प्रचण्ड–माधव पक्षले आफू पक्षीय सांसदहरुको हस्ताक्षर संकलन गरेको थियो । जसमा ११४ जना सांसदहरुले हस्ताक्षर संकलन गरेका थिए । प्रतिनिधिसभामा नेकपाका १७४ सांसद छन् । जसमध्ये एक जना सभामुख रहेका छन् ।
नेकपाको संसदीय दलका बहुमत सदस्य आफ्नो पक्षमा रहेको दाहाल–नेपाल समूहले दाबी गर्दै आएको छ ।





























प्रतिक्रिया