केन्द्रबिन्दु बुलेटिन : सरकार र विप्लव समूहबीच तीनबुँदे सहमतिमा हस्ताक्षर (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : सरकार र विप्लव समूहबीच तीनबुँदे सहमतिमा हस्ताक्षर (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका समाचारहरु मध्ये सरकार र हिंसात्मक आन्दोलन गर्दै आएको ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तीनबुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । हिंसात्मक गतिविधिमा संलग्न भएको भन्दै २०७५ फागुन २८ देखि प्रतिबन्ध लगाएको विप्लव समूह र विप्लवबिच देशको राजनीतिक समस्याको समाधान खोज्ने, शान्तिपूर्ण रुपमा राजनीतिक क्रियाकलाप सञ्चालन गर्ने र सरकारले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध हटाई कारागारमा भएका नेता कार्यकर्ताको रिहाई गर्ने भनि सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन् । प्रचण्डलाई नेता बनाउन १ सय १४ जना सांसदहरुको  हस्ताक्षर संकलन गरिसकिएको प्रमुख सचेतक देव गुरुङले बताएका छन् । त्यसैगरी प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोग पुगेर नेकपाको विवाद टुंगो नलगाएको भन्दै पुनः पत्र बुझाएको छ । 

फेब्रुअरी १ मा सेनाले सत्ता लिएपछि म्यानमारमा निरन्तर आन्दोलन हुँदै आएको छ । संघर्षका क्रममा चार दर्जनभन्दा बढी नागरिकहरुले ज्यान गुमाइसकेका छन् । यस्तो नरसंहारको अवस्थामा शुक्रबार नेपालका नागरिक अगुवाहरूले प्रदर्शन गरेका छन् । नागरिक अगुवाहरूले ‘प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलन’ को ब्यानरमा ललितपुरस्थित म्यानमारको दुतावास अगाडी प्रदर्शन गरेका हुन् ।

सरकारले पहिलो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ देखि १५ गतेसम्म लगाउने भएको छ । यस्तै सरकारले ७२ प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने लक्ष्यका साथ खोप किन्ने प्रक्रियासमेत अगाडि बढाएको जानकारी दिएको छ । जसअन्तर्गत सरकारले ५० लाख मात्रा खोप खरिद गर्ने प्रक्रिया अगाडि बढाउने भएको हो ।

पछिल्लो राजनीतिक परिस्थितिबारे धारणा तय गर्न बसेको नेपाली कांग्रेस संसदीय दलको बैठक पर्ख र हेरकै अवस्थामा अलमलिएको छ । शुक्रबार संघीय ससंद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले समसामयिक राजनीतिक विषयमा छलफल भएपनि निष्कर्षमा पुग्न सकेन । सत्तारुढ नेकपाको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेपछि सरकार गठन प्रक्रियाबारे कांग्रेसले स्पष्ट धारणा ल्याउन सकेको छैन । 

Skip This
Skip This
Logo