कांग्रेस नेता जोशीलाई भेन्टिलेटरबाट निकालियो

कांग्रेस नेता जोशीलाई भेन्टिलेटरबाट निकालियो

केन्द्रबिन्दु
0
Shares

कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई भ्यान्टिलेटरबाट निकालिएको छ । मस्तिष्टघाट भई गत शुक्रबार थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना भएका जोशीको स्वास्थ्यअवस्था सुधारोन्मुख भएपछि उनलाई भ्यान्टिलेटरबाट निकालिएको अस्पतालले जनाएको छ । 

नेता जोशीको अवस्थामा चमात्कारिक सुधार भएपछि बिहीबार बिहानदेखि नै भेन्टिलेटरको फूल सपोर्ट हटाइएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । उपचारमा संलग्न न्यूरो सर्जन डा राजीव झाका अनुसार भेन्टिलेटर हटाएपछि उनले सामान्य रुपमा सास फेर्न थालेका छन्।उनले भने,  ‘यो भनेको अनपेक्षित सुधार हो ।’

सोमबार बिहानदेखि उनलाई मेसिनले सास फेराउने कामलाई घटाउँदै लगिएको थियो । अवस्थामा तीव्र सुधार भएपछि बिहीबारदेखि पूर्ण रुपमा भेन्टिलेटरबाट निकालिएको हो । सुरुवातमा मष्तिष्कघातका कारण उनको बायाँ भागमा प्यारालाइसिस भएको आशंका गरिएको थियो । तर, बिहीबार साँझदेखि उनले बायाँ हातखुट्टा पनि सामान्य चलाउन थालेका छन् ।

Skip This
Skip This
Logo