लक्ष्मीनारायणको हराएको मूर्ति अमेरिकाद्वारा हस्तान्तरण

लक्ष्मीनारायणको हराएको मूर्ति अमेरिकाद्वारा हस्तान्तरण

केन्द्रबिन्दु
0
Shares

ललितपुरको पाटन दरबार क्षेत्रबाट हराएको लक्ष्मीनारायणको मूर्ति अमेरिका सरकारले नेपाललाई हस्तान्तरण गरेको छ । 

एकतीस वर्षदेखि टेक्सस राज्यको डालास सङ्ग्रहालयमा राखिएको मूर्ति सङ्घीय जाँच ब्यूरो (एफबिआई) र अमेरिकी विदेश मन्त्रालयको सहयोगमा वाशिङटनस्थित नेपाली दूतावासमा आज हस्तान्तरण गरिएको हो । 

अमेरिकी विदेश मन्त्रालय, कला, सांस्कृतिक सम्पदा संरक्षण विभाग, सञ्चार क्षेत्रलगायतको संयुक्त प्रयासबाट हराएको उक्त मूर्ति नेपाललाई हस्तान्तरण गर्न पाएकामा अमेरिकाले प्रसन्नता व्यक्त गर्दै संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को मापदण्डअनुरुप नेपालको उपयुक्त स्थानमा स्थापना गर्न उक्त मूर्ति नेपाल पठाइने दूतावासले जनाएको छ ।

Logo