काठमाडौँ मेयर कप क्रिकेटः पुलिस दुई रनले विजयी

काठमाडौँ मेयर कप क्रिकेटः पुलिस दुई रनले विजयी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब दुई रनले विजयी भएको छ । 

मुलपानी क्रिकेट मैदानमा भएको पहिलो खेलमा पुलिसले वाग्मती प्रदेश टोलीलाई पराजित गरेको हो । टस जितेर ब्याटिङ गर्दै पुलिसले निर्धारित ५० ओभरको खेलमा २५ दशमलव दुई ओभरमा सबै विकेटको क्षतिमा मात्र ७२ रन बनायो । त्रिहत्तर रनको विजय लक्ष्य पछ्याउने क्रममा बागमतीले सबै विकेटको क्षतिमा २७ दशमलव दुई ओभरमा ७० रन बनाउन सक्यो । पुलिसका लागि मञ्जित श्रेष्ठले १५ तथा सुनिल धमला, अनिल शाह र दिलीप नाथले १०÷१० रन बनाए । बलिङतर्फ वाग्मती प्रदेशका अरियो पौडेलले चार, नन्दन यादवले तीन र सोनु देवकोटाले एक विकेट लिए ।

त्रिहत्तर रनको विजयी लक्ष्य पछ्याउने क्रममा बागमती प्रदेशका लागि कप्तान ज्ञानेन्द्र मल्लले २२ तथा आदिल खानले १० रन बनाए । बलिङतर्फ पुलिस क्लबका दीपेन्द्रसिंह ऐरीले चार, ललित राजवंशीले तीन, सागर ढकालले दुई तथा राशिद खानले एक विकेट लिए । खेलको प्लेयर अफ दी म्याच चार विकेट लिएका पुलिसका दीपेन्द्रसिंह ऐरी घोषित भए । मेयर कप सञ्चालनका लागि काठमाडौँ महानगरपालिकाले नेपाल क्रिकेट सङ्घ ९क्यान०लाई रु ५० लाख उपलब्ध गराएको छ । प्रतियोगिताको उपाधि विजेताले रु पाँच लाख, उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछ । 

Skip This
Skip This
Logo