काठमाडौं ।
दसैं नजिकिँदै गर्दा कलाकारहरू अझ भनौं गायक गायिकाको डिमान्ड उच्च हुन्छ । देश विदेशमा हुने स्टेज कार्यक्रममा उनीहरूको माग धेरै ने हुने गर्दछ ।
तर, यो वर्ष माहोल त्यस्तो रहेन । कोरोना भाइरसका कारण विगत ७ महिनाबाट सार्वजनिक कार्यक्रम हुन सकेका छैनन् । यस वर्ष विगतका दसैंमा अत्यन्तै व्यस्त रहने कलाकर्मी निकै फुर्सदिला छन् । म्युजिक भिडियो बाहेकको मनोरञ्जन बजार आफैंमा निरिह छ ।
कोरोना प्रभावले सधैंको दसैंझै यस वर्ष खुलेर हिड्ने, आफ्नो गाउँ फर्कने अथवा अग्रजबाट टिका जमरा ग्रहण गर्ने अवस्था छैन । सर्वसाधारण पनि त्रासमा दसैं मनाउन बाध्य छन् । यही विषयलाई केन्द्रमा राखेर हामीले ज्योतिष हरिहर अधिकारीसँग कुराकानी गरेका छौं । आफूले विगतमा मनाएका दसैंका रमाइला अनुभवहरु उनले हामीसँग शेयर गरेका छन् । बाल्यकालका रमाइला क्षण पनि बताएका छन् र आगामी दिनका योजना पनि प्रस्तुत गरेका छन् ।
ज्योतिष हरिहर अधिकारीसँग केन्द्रबिन्दुले दसैंसँग केन्द्रीत रहेर गरिएको कुराकानी हेरौं यो भिडियोमा :





























प्रतिक्रिया