फागुन १० गते मेलम्ची खानेपानीको सुरुङमा हालिएको पानी आज सुन्दरीजलमा खसेको छ ।
शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले बटम थिचेसँगै आयोजना निर्माण थालिएको करिब दुई दशकपछि सिन्धुपाल्चोकस्थित मेलम्चीको पानी सुन्दरीजलमा खसेको हो ।
‘मेलम्ची कुरा मात्रै हुने हो की’ ? भन्ने अवस्था सिर्जना भएको पनि प्रधानन्त्रीले बताए ‘मैले कुरा सुन्दा जम्मै कपाल कालो थियो। अहिले सम्पन्न हुँदा एउटा पनि कालो कपाल बाँकी छैन ।’ प्रधानमन्त्री ओलीले अहिले थुपै कामहरु अघि बढेको उल्लेख गर्दै आफूलाई काम गर्न नदिएको अहिले प्रमाणित भएको समेत बताए ।
दोस्रो चरणमा यांग्री र लार्के खोलाबाट पनि थपेर पुरै उपत्यकालाई यथेष्ट पुग्ने पानी वितरण गरिने पनि उनले बताए । यसका लागि पाइपहरूको परीक्षण गरी सुरक्षित पार्न समेत उनले सम्बद्ध निकायलाई निर्देशन दिए ।
मेलम्चीको पानी आगामी २६ गते थप प्राप्त गरी बागमतीमा पानी छाेडने र भोलि पल्टको शिवरात्रीमा सफा पानी उपलब्ध हुने पनि उनले बताए । अहिले सरकारले तीव्रताका साथ विकास कार्य अघि बढाइरहेको बताए ।
खानेपानी मन्त्री मणि थापाले संयोजन गरेको कार्यक्रममा उपप्रधानमन्त्री इश्वर पोखरेल, पूर्वसभामुख सुवास नेम्वाङलगायतका नेताहरू सुन्दरीजल पुगेका थिए ।
मेलम्ची आयोजना विसं २०६४/६५ मा सक्ने योजनाअनुरुप सुरुवात भएको थियो । तर, आयोजना सक्ने निर्धारित समयभन्दा एक दशकभन्दा बढी समय व्यतीत भइसके पनि काठमाडौंबासीको मेलम्चीको पानी खाने सपना अधुरै रहदै आएकाे बेला मेलाम्चीमा पानी खसेसँगै केही आसा पलाएकाे हाे ।





























प्रतिक्रिया