कोरोनामुक्त हुनेकाे संख्या १ लाख नाघ्यो

कोरोनामुक्त हुनेकाे संख्या १ लाख नाघ्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । पछिल्लो २४ घन्टामा तीन हजार २१५ जनाले कोरोना जितेका छन् । योसँगै निको हुनेको संख्या एक लाख दुई हजार ८२० पुगेको छ ।

त्यसैगरी, बिहीबार थप तीन हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । यो सहित हालसम्म संक्रमित हुनेको संख्या एक लाख ४८ हजार ५०९ पुगेको छ।

आजसम्म सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ पुगेको छ। नेपालमा कोरोनाका कारण कुल ८१२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण थप २१ जनाको मृत्यु भएको छ ।

Logo