राज्यमन्त्रीको सिनेमा हल जोगाएर सर्वसाधरणको घरमा डोजर

राज्यमन्त्रीको सिनेमा हल जोगाएर सर्वसाधरणको घरमा डोजर

केन्द्रबिन्दु
0
Shares

बालाजु सडक विस्तारको तयारी भइरहँदा २०७० सालतिर अहिलेका सही विकास राज्यमन्त्री रामवीर मानन्धर आफ्ना कार्यकर्ता मीनबहादुर शाहीसँग भनिरहन्थे, ‘चुनाव जितिँन भने मेरो हल भत्किन्छ ।’

नभन्दै २०७० को दोस्रो संविधानसभा निर्वाचनमा मानन्धर सभासद भने । ‘चुनाव जितेपछि बाटो विस्तार गर्दा आफ्ना हल जोगाए,’ शाहीले भने, ‘दोस्रो पटक प्रतिनिधिसभा जितेपछि झन् कम्पाउन्डै पो लगाएछन् ।’
बालाजु चोकबाट सय मिटर नुवाकोटतिर जाने सडकको दायाँ छेउमा छ मानन्धरको अष्टनारायण पिक्चर्स । सडक विस्तारका लागि यो हलमा पनि रातो रङले चिनो लगाइएको थियो तर सत्तामा रहेका मानन्धरको हल भत्किएन ।

आफ्नो सिनेमा हल जोगाएर सर्वसाधरणको चाहिँ उठीबास लगाई दिएको भन्दै पीडित आक्रोशित भए । शाहीले त मानन्धरको पार्टी नेकपा नै छाडिदिए । ‘म उहाँकै कार्यकर्ता थिएँ,’ उनले भने, ‘नेताको दोहोरो रुप देख्दा नरमाइलो लागेर पार्टी छाडिदिएँ ।’ कान्तिपुर दैनिकमा समाचार छ । 

Skip This
Skip This
Logo