युभेन्टसले इटालियन सिरी ‘ए’ मा लाजियोमाथि ३–१ को पूनरागमन जित निकालेको छ ।
घरेलु मैदानमा युभेन्टसले एक गोलले पछि परेको अवस्थामा पुनरागमन जित निकालेको हो ।
एलिएन्ज स्टेडियम टोरिनोमा शनिबार राति भएको खेलमा युभेन्टस खेलको १४औं मिनेटमा जोओक्विन कोरेआको गोलबाट पछि परेको थियो । ३९औं मिनेटमा अल्भारो मोराटाको पासमा राविओटले बराबरी गोल फर्काउदै युभेन्टसलाई खेलमा फर्काए ।
५७औं मिनेटमा मोराटाले फेडरिको चिइसाको पासमा गोल गर्दै युभेन्टसलाई २–१ को अग्रता दिलाए । ६०औं मिनेटमा मोराटाले पेनाल्टीमार्फत गोल गर्दै युभेन्टसलाई ३–१ ले अघि बढाए । त्यसपछि थप गोल निस्कन नसक्दा युभेन्टस विजयी हुन सफल भयो ।
जितसँगै तेस्रो स्थानमा रहेको युभेन्टसको २५ खेलबाट ५२ अंक पुगेको छ ।































प्रतिक्रिया